FAQs Complain Problems

हिमाली गाउँपालिकाले विपन्न नागरिकहरुलाई राहत वितरण गर्‌यो ।

धुलाचौर, बाजुरा  सोमबार ८ गते बैशाख  २०७६

बाजुरा जिल्ला हिमाली गाउँपालिकाले हाल विश्वभर फैलिएको नोबेल कोराना भाइरस (COVID-19) रोगलाई रोक थाम तथा नियन्त्रण गर्न देशले लागू गरेको लकडाउनका बेला हिमाली गाउँपालिकाले वडा नं. १ देखि वडा नं. ७ सम्मका प्रत्येक टोलवस्तीमा रहेका अति विपन्न नागरिकहरुलाई ३० के.जी. चामल र २ पोका नून वितरण गरेको कुरा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनु भएको छ । यहाँका नागरिक अशिक्षा, व्यरोजगार, अति विपन्न तथा गरिब भएकाले हालसम्म ज्याला मजधुरी गरी खाने गरेका छन् । लकडाउनका बेला अति विपन्न नागरिकहरु बिहान बेलुका छाक टार्न अफ्योरो परेका बेला तिन चरणको राहत वितरण गर्ने पहिलो चरण अति गरिब दोस्रो चरण मध्यम गरिब र तेस्रो चरण गरिबलाई राहत गाउँपालिकाको आफ्नै श्रोतबाट खर्च हुने गरी राहत वितरणको चरण राखेको कुरा अध्यक्ष मल्लले बताउनु भएको छ ।

विश्वभर फैलिएको नोबेल कोराना भाइरस (COVID-19) रोगलाई रोक थाम तथा नियन्त्रण गर्न हिमाली गाउँपालिकाले स्थानीय तहबाट हुने सम्पूर्ण तयारी गरेको अहिले  प्रथम चरणको राहत वितरणको उद्घाटनमा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रा देवी बुढा, नि.प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाही र ६ न‌ं. वडा अध्यक्षले गर्नु भएको कुरा नि. प्रमुख प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताउनु भयो ।

 

आर्थिक वर्ष: