समाचार
हार्दिक अपिल
विश्व महामारिकाे रुपमा फैलिएकाे काेभिड १९ काेरना भाइरसले विश्वलाइनै आकंतिक बनाइरहेकाे यहाँहरु सबैलाइ अवगतनै छ । उत्त भाइरसबाट बच्नकालागि आपतकालीन परेका मानवलाइ सहयाेग गर्नु आपदमा परेकाे बेला उद्धार गर्नुनै मानविय धर्म हाे । यस कुरालाइ मध्यनजर गर्दै बाजुरा जिल्ला हिमाली गाउँपालिका ले यस गाउँपालिकाका ७ वटै वडाका बासिन्दाहरुलाइ राेग नसराेस भनि बाजुरा जिल्लामा सबै भन्दा पहिला यस गाउँपालिकाले हातधुनकाे लागि साबुन बितरणका साथै विभिन्न जनचेतनामूलक पाेष्टर पाेम्पेल्ट प्रत्येक घरमा वितरण गर्नुका साथै यस गाउँपालिकाकाे प्रवेशद्धार वडा नं ७ काे बाँधुमा र हुम्ला जिल्ला र यस गाउँपालिकाकाे सिमाना कुवाडी, विच्छयाँ बगरमा हेल्थडेक्स र यस गाउँपालिकाकाे केन्द्र धुलाचैरमा हेल्थडेक्सका साथै १५ बेटकाे काेरेन्टाइन स्थापना गरीएकाे कुरा सर्वविधितै छ । यस गाउँपालिका भित्र ज्याला मजधुरी गरि जिवन निर्वाह गरिरहेका जनतालाइ राहतकाे व्यवस्था गर्ने प्रयास भैरहेकाे छ । जिल्ला बाहिर देश बिदेशमा रहेका नेपालीहरुकाे लागि नेपाल सरकारले विभिन्न खालकाे सहयाेग गर्ने काम भइराखेकाे छ र यस गाउँपालिकाका जनताहरुलाइ परेकाे समस्यामा सहयाेग गर्न हिमाली गाउँपालिका सदैभ तयार रहने छ उत्त कार्यका लागि यस गाउँपालिकाका अध्यक्ष ज्यूलाइ फाेन सम्पर्क गरी यस गाउँपालिकाबाट दिन सकिने सहयाेग लिनका लागि हार्दीक अनुराेध छ ।
गाेविन्द बहादुर मल्ल
गाउँपालिका अध्यक्ष
फाेन नं ९८५८०२१५२१
हिमाली गाउँपालिका
धुलाचाैर,बाजुरा