FAQs Complain Problems

हिमाली गाउँपालिकाद्धारा खाद्य सुरक्षाको लागि वृक्षारोपण कार्यक्रम ।

  • हिमाली गाउँपालिकाद्धारा खाद्य सुरक्षाको लागि वृक्षारोपण कार्यक्रम सञ्चालनको चामल वितरणको झलकहरु।

बाजुरा जिल्लाको सदरमुकामबाट करिब ७५ कि.मि. उत्तर पूर्वी दिसामा रहेको यस हिमाली गाउँपालिकाको ८३०.३४ वर्ग कि.मि. क्षेत्रफल, १८९३ घरधुरी र ११२५३ जनसंख्या रहेको छ । मानविय सूचाङ्कको हिसाबले बाजुरा जिल्ला देशको पुच्छरमा रहेको राष्ट्रिय तथ्याङ्कमा देखिन्छ भने यस जिल्लाको  हिमाली गाउँपालिकाको झनै पछि परेको अवस्थालाई मध्यनजर गरी हिमाली गाउँपालिकाले आ.व.२०७६।०७७ देखि खाद्य सुरक्षाको लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमबाट जनताको कृषि कार्य आधुनिकिरण, जीविकोपार्जनमा सुधार,आयआर्जनमा बृद्धि, व्यवसाय उत्पादकत्वमा जोड, हरियाली क्षेत्रको विकास तथा स्वच्छ पर्यावरण निर्माणमा सहयोग पुग्ने छ । हिमाली गाउँपालिकाको खाद्य सुरक्षा वृक्षारोपण कार्यविधि २०७६ बमोजिम प्रत्येक व्यक्ति बरावर ५ ओटा विरुवा रोप्नुपर्ने सो विरुवा रोपी संरक्षण गरेवाफत प्रति विरुवा ५ के.जी. चामल वार्षिकरुपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । ५ जनासम्म परिवार सदस्य भएको  परिवारलाई एक परिवार संख्या मान्ने र सो भन्दा माथि परिवार सदस्य भएमा प्रति व्यक्ति ४ ओटा विरुवा प्रति विरुवा रोपी संरक्षण गरेवाफत ५ के.जी. चामल उपलब्ध गराउने व्यवस्था रहेको छ । उक्त परिवारका सदस्यले वृक्षारोपण गरी संरक्षण गरिने विरुवामध्ये अनिवार्यरुपमा तीन चौथाई फलफूलका विरुवाहरु रोप्नु पर्ने तथा वृक्षारोपणका लागि विरुवाहरु गाउँपालिकाबाट व्यवस्था गरिने छ ।

हिमाली गाउँपालिका गाउँ कार्यपालिकाको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले फलफूलका विरुवा वृक्षारोपण तथा संरक्षण गरे वापत चामल वितरण गर्नु भएको छ । यस विषयमा स्थानीय वासिन्दालाई सोधपुछ गर्दा अब देखि हामीहरु सबै ठाउँमा वृक्षारोपण तथा संरक्षणमा चासो देखाउने कुरा बताए । गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले जनताको माग अनुसार अझ यो निती तथा कार्यक्रम अनुसार फरक कार्यक्रमहरु गरी अगाडी जाने र हिमाली गाउँपालिकालाई सुन्दर र पवित्र ठाउँ हरियाली बनाउनका लागि सर्वसाधारण नै लाग्नु पर्ने कुरा बढी जोड दिनु भयो । 

आर्थिक वर्ष: